punarbasmunicipality@gmail.com 9848664244
Shree Aishwarya Basic School श्री ऐश्वर्य आधारभूत विद्यालयShree Aishwarya Basic School Punarbas 2, Amaraiya स्थापना 2045 B.S.Punarbas 2, Amaraiya Est. 2045 B.S.
मेनुMenu
भर्ना खुल्योAdmission Open
गृहपृष्ठHome/अध्यक्षको सन्देशChairman's Message

अध्यक्षको सन्देशChairman's Message

श्री बहालि राना - अध्यक्षShree Bahali Rana - Chairman

photo
  • पदRoleअध्यक्षChairman
  • फोनPhone9812707681
अध्यक्षको सन्देशMessage from the Chairman

श्री बहालि रानाShree Bahali Rana

”

श्री ऐश्वर्य आधारभूत विद्यालयमा यहाँलाई हार्दिक स्वागत छ! सुदूरपश्चिम प्रदेश, कञ्चनपुर जिल्ला, पुनर्वास नगरपालिका वडा नं. २, अमरैयामा अवस्थित यस विद्यालयको इतिहास स्थानीय राना समुदायको अहोरात्र मेहनत र समर्पणसँग जोडिएको छ। वि.स. २०४५ साल वैशाख १ गते स्थापित यस विद्यालयको उद्घाटन त्यसबेलाका ९५ वर्षीय स्व. जोन सिंह रानाबाट भएको थियो।

सीमित भौतिक स्रोतसाधन र ५ कट्ठा ७ धुर जमिनको परिधिभित्र रहेर पनि विद्यालयले विभिन्न आरोह-अवरोह पार गर्दै उल्लेखनीय प्रगति हासिल गरेको छ। स्थानीय समुदाय, विभिन्न सङ्घसंस्था, पूर्व प्रधानाध्यापकज्यूहरू, समर्पित शिक्षक-शिक्षकवर्ग तथा स्थानीय सरकारको अतुलनीय सहयोग र सहकार्यले आज विद्यालयलाई यहाँसम्म पुर्‍याएको छ। हाल विद्यालयमा शिशु कक्षादेखि कक्षा ८ सम्म पठनपाठन भइरहेको छ भने कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, पुस्तकालय, स्मार्ट बोर्ड र ई-हाजिरी जस्ता आधुनिक सुविधासमेत उपलब्ध छन्।

हामी हाम्रा विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै उनीहरूको चौतर्फी विकास गर्न र उज्वल भविष्य निर्माण गर्न कटिबद्ध छौं। आज विद्यालयलाई डिजिटल प्रविधि (वेबसाइट) सम्म जोड्न सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति विद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दछौं।

Welcome to Shree Aishwarya Basic School! Located in Amaraiya, Ward No. 2, Punarwas Municipality, Kanchanpur District, Sudurpashchim Province, our school has a rich history rooted in the dedication of the local Rana community. Established on 2045/01/01 B.S. and inaugurated by the then 95-year-old Late John Singh Rana, our institution has stood as a beacon of learning for decades.

Despite navigating various challenges and limitations including operating within a compact area we have made remarkable progress through the unwavering support of our community, local government, past headteachers, dedicated teachers, and various organizations. Today, we proudly offer quality education from Early Childhood Development (ECD) up to class 8, equipped with modern facilities including computer labs, a science laboratory, a library, smart boards, and digital attendance systems.

We remain deeply committed to shaping confident, capable, and morally grounded students who can contribute positively to society. We extend our heartfelt gratitude to everyone who has supported us through the years in bringing our vision and this website to life.

श्री बहालि रानाShree Bahali Rana
अध्यक्षChairman