
सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्ला पुनर्वास नगरपालिका वडा नं: २ अमरैयामा अवस्थित श्री ऐश्वर्य आधारभूत विद्यालयको स्थापना वि.स २०४५ सालमा भएको हो । उक्त विद्यालयले बिगत ३६ बर्ष देखी हजारौ विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्दै विद्यार्थीहरुको भविष्य उज्वल बनाएको छ । विद्यालयले शिशु कक्षा देखी कक्षा८ सम्म पठन पाठन गराउँदै आएको छ । विद्यालयमा शिशु कक्षा को लागी स्मार्ट बोर्ड, खेलकुद सामाग्रीहरु रहेका छन् । विद्यालयमा कम्प्युटरल्याब, पुस्तकालय, (सानो विज्ञान प्रयोगशाला जसमा केही आधारभूत उपकरणहरू मात्र छन्), स्मार्ट बोर्ड, बिजुली बत्ती, वाइफाइ, इन्भर्टर, प्रिन्टर, प्रोजेक्टर, टिभी, केही खेलकुद समाग्री र खेल मैदान छ । विद्यालयमा ३ ओटा जस्ता पाता भएको भवन र एउटा BUILD ONद्धारा निर्माणाधिन अवस्थामा रहेको ३ कोठे पक्की भवन रहेको छ । विद्यालयमा ३ ओटा शौचालय, खानेपानी, भान्सा घर रहेको छ ।
विद्यालयमा कर्मचारीहरु (शिक्षक शिक्षिका) का लागी नगरपालिकाद्वारा ई-हाजिरीकोपनि व्यवस्था गरिएको छ । विद्यालयमा झन्डै २०० जना विद्यार्थीहरु अध्ययन गर्दछन् । विद्यालयले प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलाप जस्तैः हाजिरी जवाफ, गजल, हिज्जे जवाफ, नृत्य कार्यक्रम, गायन, चित्रकला आदि कार्यक्रमहरु गर्दछ । समय समयमा विद्यार्थीहरुलाई उत्प्रेरित गर्नको लागी विद्यालय प्रशासनले उत्प्रेणात्मक कार्यक्रम सन्चलान गरिरहेको हुन्छ । विद्यालयको सुधारको लागी स्थानिय तह,वार्ड कार्यालय, शिक्षक सहकर्मी र विद्यालय समितीहरु को अतुलनिय योगदान रहेको छ । विद्यालयले हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ र आउँदा दिनहरुमा झन राम्रो नतिजा ल्याउने छ ।
शैक्षिक कार्यक्रमःहाजिरी जवाफ, गजल, हिज्जे जवाफ, नृत्य कार्यक्रम, गायन, चित्रकला ,शैक्षिक अवलोकन भ्रमण, उत्प्रेरित कार्यक्रम।
पाठ्यक्रमः नेपाल सरकार शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्रालयले तोकिए बमोजिम ।
विशेष गतिविधिःबाल क्लब , रेड क्रस सोसाइटी ,गुनासो सुनुवाइ समिति ।
Shree Aishwarya Basic School, located in Amaraiya, Ward No. 2 of Punarwas Municipality, Kanchanpur District, Sudurpashchim Province, was established in 2045 B.S. For the past 36 years, the school has been providing education to thousands of students and brightening their futures. It offers classes from Early Childhood Development (ECD) up to class 8. The school is equipped with smart boards and sports materials for the ECD class, along with a computer lab, a library, a small science laboratory with basic equipment, smart boards, electricity, Wi-Fi, an inverter, printers, projectors, a television, additional sports equipment, and a playground. Infrastructure-wise, the school features three corrugated sheet-roofed buildings and a three-room concrete building currently under construction by Build On, alongside three toilets, a drinking water supply, and a kitchen.
The municipality has also arranged an electronic attendance system for the teaching staff, and around 200 students are currently enrolled. The school's curriculum follows the guidelines prescribed by the Ministry of Education, Science and Technology, Government of Nepal. To foster comprehensive growth, the school organizes various educational and extracurricular programs every Friday, such as quiz contests, ghazals, spelling bees, dance programs, singing, and drawing competitions, alongside educational observation tours and motivational programs conducted periodically by the administration. Additionally, special activities like a Child Club, a Red Cross Society, and a Grievance Redressal Committee are actively maintained. The local government, ward office, teaching colleagues, and management committees have made incomparable contributions to the school's ongoing improvement. The school consistently achieves excellent results every year and is fully committed to delivering even better outcomes in the future.
